vada
News

कट्रिनालाई विवाहमा विक्कीले लगाइदिएको औंठी र मंगलसुत्रको मुल्य कति हो ?

एजेन्सी । बलिउड फिल्मस्टार क्याटरीना कैफ र विक्की कौशलको विवाहको चर्चाले भारतीय मिडिया भरिएका छन् । निकै गोप्य राखेका विवाहको कार्यक्रम वारे भारतीय मिडियाले निकै चासो दिएका थिए । उनीहरुले विहिवार विवाह गरेका छन् । यी दुईको बिहेको चर्चा बलिउडमा छाएको छ ।

यो जोडीको बिहेका सुन्दर तस्वीरहरु सार्वजनिक भइसकेका छन् । क्याटरीना र विक्कीले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुमाझ बिहेका तस्वीर सार्वजनिक गरेका हुन् ।

तस्वीर सार्वजनिक भएसँगै यो जोडीको ब्राइडल लूक चर्चामा छ । क्याटरीनाले हातमा औँठी लगाएको सार्वजनिक गरिएका तस्वीरमा देख्न सकिन्छ । बलिउड लाइफ डटकमले तयार पारेको एक समाचार अनुसार क्याटरीनाले लगाएको औँठी ७ लाख ४० हजार भारतीय रुपैयाँको हो ।

यस्तै क्याटरीनाले पहिरेको मंगलसूत्रको मूल्य ५ लाख भारु रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उक्त मंगलसूत्रमा हीराजडित छ ।

Related Articles

Back to top button