vada
News

वाही वाही पाउन थालेका मन्त्री आले अब घोटाला गर्न थाले, बाहिरियो ठूलै बदमासी !

वाही वाही पाउन थालेका मन्त्री आले अब घोटाला गर्न थाले, बाहिरियो ठूलै बदमासी !

वाही वाही पाउन थालेका मन्त्री आले अब घोटाला गर्न थाले, बाहिरियो ठूलै बदमासी !
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गत कात्तिकमा ट्राभल एन्ड टुरिजम एक्स्पो (डब्लूटीएम) को कार्यक्रममा भाग लिन लन्डन जाँदा किनेको १२ लाख ३५ हजार रूपैयाँको टिकटमा कुनै घोटाला नभएको दाबी कतार एयरवेजले गरेको छ।

नेपालले पाएको अवार्ड लिन सोही दिनको १० बजेभित्र पुग्नुपर्ने र त्यसपछि गए पाँच दिन क्वारेन्टाइन बस्नुपर्ने भएकाले उक्त टिकट लिएको कतार एयरवेजले बताएको छ।

मन्त्रालय स्रोतका अनुसार उक्त निर्धारित समयको टिकटका लागि कतार एयरवेजमा बुझ्दा महंगो दरको टिकटमात्र फेला परेको हो। कतार एयरवेजले उक्त टिकटका लागि १२ लाख ३५ हजार रुपैयाँ मन्त्रालयले तिरेको बताएको छ।

मन्त्री आलेले सिलिंक ट्राभल एन्ड टुर्स कम्पनीमार्फत २९ अक्टोबरमा दुईतर्फी टिकट खरिद गरेका थिए। उनी ३१ अक्टोबरमा लन्डन उडेका थिए।

कार्यक्रममा भाग लिन अन्य सहभागीहरू अक्टोबर २८ मा लन्डनतर्फ लागेका थिए। मन्त्री र स्वकीय सचिव भने अक्टोवर ३१ मा लन्डन गएका थिए। मन्त्री आले लन्डनबाट नै स्कटल्यान्डमा आयोजित कोप २६ मा पनि सहभागी हुन पुगेका थिए। कार्यक्रममा भाग लिएर मन्त्रीसहित अन्य सहभागीहरू नोभेम्बर ६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

Related Articles

Back to top button