vada
News

कठ्याङ्रिदो चिसोको रातमा भर्खर जन्मिएका शिशुलाई जंगलमा छोड्ने को हुन् !

काठमाडौ । पूर्वपश्चिम राजमार्गको सिराहा खण्डको छेउमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन् ।

धनगढीमाई नगरपालिका–१० जिरोमाइल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा बिहीबार राति नवजात शिशु रोइरहेको अवस्थामा फेला परेका हुन् ।

बच्चा रोइरहेको अवस्थामा बटुवाले देखेपछि प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल पुर्‍याइएको स्थानीय अरुण यादवले जानकारी दिनुभयो ।

शिशुको यसै हप्ता जन्म भएको हुन सक्ने आँकलन गरिएको छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन पनि गरिएको हो । शिशु कपडामा गुटमुट्याएर राखेको अवस्थामा फेला परेका थिए ।

शिशु जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

शिशुलाई कसले यसरी वेवारिसे अवस्थामा छोड्यो भन्ने कुनै एकिन हुन सकेको छैन ।

Related Articles

Back to top button