vada
News

अन्तत विक्कीको बेहुली बनिन् कट्रिना, विहेको तस्बिर सार्वजनिक

एजेन्सी । भारतीय मिडियाले बलिउड नायीका कट्रिना कैफको विवाहलाई निकै महत्व दिएका छन् । बलिउडकी चर्चित अभिनेत्री क्याट्रिना कैफ र विक्की कौशलको विवाहको पहिलो तस्विर सार्वजनिक भएको छ । बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री कट्रिनालाई उनका बेहुला राजा विक्की कौशलको दुलही बनेको देख्दा फ्यानहरू त्यो क्षणको उत्सुकताका साथ पर्खिरहेका थिए । अब त्यो पल आएको छ जब कट्रिनाको ब्राइडल लुक फ्यानहरुले देख्न पाएका छन् ।

कट्रिनाको ब्राइडल लुक्स कस्तो छ रु
कट्रिना कैफले गाढा गुलाबी रंगको सुन्दर लेहेंगा लगाएकी छिन् । कपालमा गजरा, हातमा चुरा, नथ, माङ टिकालगायत सबै मेकअपमा कट्रिना सुन्दर देखिएकी छिन् । यस ब्राइडल लुकमा सबै कुरा विशेष छन्। बेहुली बनेकी कट्रिना–विक्कीलाई आतिशबाजी गरेर स्वागत गरिएको थियो । अफ सेतो शेरवानीमा विक्की सुन्दर देखिएका थिए । कट्रिना र विक्कीको जोडी मेड इन हेभन जस्तो देखिन्थ्यो । यो जोडीको पहिलो झलक पाएपछि फ्यानहरु निकै खुसी छन् ।

ब्राइडल लुकमा कट्रिनाको अनुहारमा एक विशेष नूर देखियो
कट्रिनाले आफ्नो ब्राइडल लुक निकै स्पेशल राखेकी छिन् । यस लुक्समा कट्रिना रियल लाइफ अप्सराजस्तै देखिन्छिन् । चलचित्रमा फ्यानले अभिनेत्रीलाई धेरै पटक दुलही बनेको देखेका छन् । तर वास्तविक जीवनमा दुलही बनेपछि कट्रिनाको अनुहारमा अर्कै चमक र नूर देखिएको छ । कट्रिना९विक्कीले इन्स्टामा सेयर गरे विवाहको तस्बिर

Related Articles

Back to top button