vada
News

Breaking: कोरोनाबाट दाङका एक जनाको नि’धन

तुलसीपुर, दाङका एक व्यक्तिको कोरोना भाइरसका कारण मृ’त्यु भएको छ ।घोराही उपमहानगरपालिका– १८ निबासी ६० बर्षका ती व्यक्तिको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोनाबाट मृ’त्यु भएकाे पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।दुई दशक देखि भारतमा बस्दै आएका उनको शुक्रबार दिउसो २ बजे स’त्तरजंग अस्पताल दिल्लीमा उपचारका क्रममा मृ’त्यु भएकाे थियो । नयाँ दिल्लीमै उपचारका क्रममा मृ’त्यु भएका उनको श’व जेठ २४ गते दाङ ल्याइएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको उनको श’व व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ ।लामो समयदेखि दम र सुगरबाट पीडित भनिएका घोराही उपमहानगरपालिका–का ५९ वर्षीय एक व्यक्तिमा मृ’त्युपश्चात कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

Related Articles

Back to top button