News

चलचित्र विकास बोर्ड अध्यक्षमा अभिनेता निखिल उप्रेतीले दरखास्त दिने

काठमाडौं । अभिनेता निखिल उप्रेतीले चलचित्र विकास बोर्ड अध्यक्ष पदका लागि दरखास्त दिने भएका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गत मंगलबार सार्वजनिक सूचना निकालेर बोर्ड अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेपछि अभिनेता निखिलले दिने भएका हुन् ।

औपचारिकताका लागि दरखास्त दिन लागेका निखिल बोर्ड अध्यक्ष हुने लगभग पक्का भएको स्रोतले जनाएको छ । यही वैशाख १६ गतेदेखि १५ दिनको समय दिएर मन्त्रालयले बोर्ड अध्यक्ष हुन इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरिएको थियो ।

चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको गत मंसिर २९ गते निधन भएपछि सो पद रिक्त रहँदै आएको छ । उक्त रिक्त पदमा निखिलले दरखास्त दिन लागेका हुन् । निखिल दुई दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील अभिनेता हुन् ।

Related Articles

Back to top button
Close