vada
News

उषाको चाहना : पल सँग विवाह, प्रदीप सँग डेट !

टिकटकर उषा उप्रेती अहिले चल्तीको मोडेलमा गनिन्छिन् ।दर्जनौँ म्युजिक भिडियोमा काम गरेकी उषाको अधिकाङस भिडियोहरू हिट छन् l यसैले पनि उनलाई म्युजिक भिडियो अफर गर्ने निर्देशकहरूको घुइँचो छ l दर्शकको माया साथै निर्देशकको नजरमा परेकी उनलाई अहिले म्युजिक भिडियोमा काम गर्न भ्याइ नभ्याई छ l

अहिलेका हिट नायक मोडेल पल शाह , आकाश श्रेष्ठ, पुष्प खड्का लगायत सँग स्क्रिन सेयर गरी सकेकी छिन् l तिनै उषालाई आफूले काम गरी सकेको कलाकारहरू मध्य को सँग चाहिँ विवाह र डेट गर्ने इछ्या छ भन्दा उनले पल शाहलाई विवाहको लागि र नायक प्रदीप खड्कालाई डेटको लागि रोजेकी छिन् l

सिनेपाटीले अन्तरवार्ता लिँदै गर्दा उक्त प्रश्न उनलाई सोधिएको थियो l नेपाली कलाकारहरूमा अनमोल केसी , प्रदीप खड्का र आकाश श्रेष्ठ मध्य को सँग डेट जान मन्छ भन्दा उनले प्रदीपलाई नजिक राखेकी हुन् l साथै विवाहको प्रश्नमा भने उषाले पलको नाम अगाडि ल्याएकी थिइन् ।

Related Articles

Back to top button