vada
News

खोप नलगाएकालाई सार्वजनिक यातायातमा प्रतिबन्ध

हरारे : जिम्बाबेमा कोरोनाभाइरसविरुद्धको खोप नलगाएका नागरिकलाई सार्वजनिक यातायातमा प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिन थालेपछि उच्च सतर्कता अपनाउने सिलसिलामा यस्तो नियम लागू गरिएको हो । सरकारले कोरोनाको महामारी थप फैलिन नदिनका लागि थप चासो देखाएको छ ।

“पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा वृद्धि भएको छ, त्यसैले मन्त्रीपरिषद्ले कडाइ गर्ने निर्णय गरेको हो,” सञ्चारमन्त्री मोनिका मुत्सभाङ्वाले भने । सरकारले सबैलाई खोप लगाउनका लागि अनुरोध गरेको र नलगाउनेलाई अरू पनि धेरै ठाउँमा वञ्चित र निषेध गरिने उनले बताए ।

उनले खोप लगाउनका लागि विभिन्न बसपार्कलगायत देशभरका विभिन्न ठाउँमा व्यवस्था गरिएको जानकारी दिए । खोप नलगाएकाहरूलाई सरकारी निकाय वा भिडभाड हुने सार्वजनिक स्थलमा नजान पनि उनले आग्रह गरे । उनले शैक्षिक संस्थाहरूमा पनि खोप लगाउन उमेर पुगेकाहरूले लगाउनु पर्ने र त्यही अनुसारको सतर्कता अपनाउनु पर्नेमा जोड दिए ।

Related Articles

Back to top button