vada
News

कट्रिनासंग विवाह गर्न चाहन्थे सलमान खान, विक्कीसंग विवाह गर्न लागेकी कट्रिना किन चाहन्छिन् विवाहमा सलमान खान आइदियोस्

एजेन्सी । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफबीच ९ डिसेम्बरमा विवाह हुँदैछ। राजस्थानमा उनीहरुको विवाह ुरोयलु शैलीमा हुँदैछ। त्यसका लागि यी जोडी महिना दिनअघि देखि तयारी थालेका थिए।

बलिउड हंगामाका अनुसार विवाहका लागि विक्की र कट्रिना दुवै राजस्थान पुगेका छन्। उनका पाहुनाहरु पनि राजस्थान पुग्ने क्रम जारी छ। यसैबीच कट्रिनाको विवाहमा उनका पूर्वप्रेमिकासमेत रहेका सलमान खान जाने नजाने चर्चा लिरहेको छ। स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचार अनुसार विवाहमा सलमान खानका सबै परिवार सरिक हुँदैछ।

सलमान खान कट्रिनाका बहिनीको एकदमै नजिक रहेका भन्दै उनी विवाहमा सरिक हुने सम्भावना धेरै रहेको बताइएको छ। कट्रिना पनि सलमान खान परिवारसहित विवाहमा सहभागी भइदिए हुन्थ्यो भन्ने चाहन्छन्। कट्रिना र सलमान खानको परिवारबीच विगतदेखि नै राम्रो सम्बन्ध रहेकाले कट्रिनाको यस्तो चाहना रहेको बताइन्छ। सलमान खान साँच्चिकै कट्रिनासँग विवाह गर्न चाहेको बताइन्छ। तर उनीहरुबीचको प्रेम भने सफल हु्न सकेन।

Related Articles

Back to top button