vada
News

अमेरिका जाँदै थिए, अचा’नक बिरामी परे र बाटैमा बिते

RIP

काठमाडौं : अमेरिका जाँदै गर्दा दाङका एक युवकको बाटैमा मृ,त्यु भएको छ। पारिवारिक स्रोतले दिएको जानकारी अनुसार अमेरिका जाँदै गरेका दाङको तुलसीपुर उप महानगरपालिका– ३, गोटी खोलाका २१ वर्षीय साहिल बोहरा बाटैमा बि’तेका हुन्। नेपाली समयानुसार सोमबार साँझ ७ बजेतिर पेरुमा उनको मृ,त्यु भएको हो।

दलाललाई मोटो रकम दिएर अमेरिकी सीमा क्षेत्रबाट प्रवेश गराउने आश्वासन अनुसार बोहरा भिसा बिनै अमेरिका जाँदै थिए । तर पेरु पुग्दा उनलाई अचा’नक ज्वरो आउने र रुघा लाग्ने सम’स्या भयो । त्यसपछि आइतबार बेलुका दलालले उनलाई त्यहाँ होटलको व्यवस्था गरिदए। त्यसपछि सोमबार बिहान अस्पताल जाने क्रममा उनी अचा’नक ढ’लेका थिए। लगत्तै चिकित्सकले उनलाई मृ,त घोषणा गरेको बताइएको छ।

के कारण मृ,त्यु भयो, अझै केही खुलेको छैन । यसरी बिना भिसा अमेरिका प्रवेशका लागि लाखौं रकम दलाललाई बुझाएर हिँडेरै जाने नेपाली युवा बाटैमा मृ,त्यु हुने घटना बारम्बार हुने गरेका छन् । गत जुनमा पनि बिना भिसा मेक्सिको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गर्न गएका ७ नेपाली क्यारेबियन सागरमा डुंगा दुर्घ’टना हुँदा समुद्रमा बेप’त्ता भएका थिए।

Related Articles

Back to top button