vada
News

बिवाहको अन्तिम तयारीमा श्रद्धा कपुर, भन्छिन् मलाई नेपाली औधी मन पर्छ

बलिउड अभिनेत्री श्रद्धा कपुर आफ्नो ब्यक्तिगत जिवनका बिषयमा आफ्ना कुराहरु फ्यान समक्ष कमै राख्ने गरेकी छिन् । यसैक्रममा सामाजिक सञ्जालमा श्रद्धा कपुर र उनको ब्वाइफ्रेण्ड रोहन श्रेष्ठबीच बिबाहको हल्लाले बजार एकदमै गर्माएको छ ।

हालै एक संचारमाध्यम संग कुरा गर्दै नायिका श्रद्धाले आफ्नो ब्यक्तिगत जिवन संग जोडिएको अफवाहका बिषयमा प्रतिक्रिया जनाएकी छिन् ।

श्रद्धाका अनुसार यो सबै अफवाहहरुले उनको वर्क लाइफमा कुनै असर पर्ने छैन । किनकि उनी आफ्नो ब्यक्तिगत जिवनको बिषयमा ज्यादा बताउदिनन् । उनको नाम नेपाली मुलका रोहन श्रेष्ठ संग जोडिदै आएको छ ।

तर पनि उनीहरुले आधिकारीक रुपमा आफ्नो सम्बन्ध बारे बोलेका छैनन् । हालै श्रद्धा कपुर लव रन्जनको अपकमिंग फिल्मको शुटिंगको सिलसिलामा एकदमै ब्यस्त रहेकी छिन् ।

Related Articles

Back to top button