vada
News

विश्व इतिहासमा आजः यी चर्चित ४ घटना जो कहिल्यै इतिहाँसले बिर्सिदैन

आज ९ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटना

रोमानियामा प्रजातन्त्र

सन् १९९१ मा रोमानियाको संविधान कार्यान्वयनमा आएको थियो । जनमत संग्रहमार्फत नयाँ संबिधान पारित भएको थियो । ४२ वर्षको कम्युनिस्ट शासन ढ’लेपछि रोमानियामा प्रजातन्त्र आएको थियो ।

प्यालेस्टाइनमा आन्दोलन

प्यालेस्टाइनको भूमिमा इजरायलको अ’तिक्रम’णवि’रुद्ध सन् १९८७ मा पहिलो पटक प्यालेस्टाइनमा आन्दोलन भएको थियो । इजरायलको सेनाको ट्रकले एउटा कारमाथि ह’म’ला र चार सर्वसाधरणको हत्यासँगै इजरायली अतिक्रमण सुरु भएको थियो । सन् १९९१ मा भएको म्याड्रिड सम्मेलनपछि सन् १९९३ मा हिंसा समाप्त भएको थियो । प्यालेस्टाइन र इजरायलबीच सन् २००० मा दोस्रो चरणको हिंसा भएको थियो ।

दोस्रो यु’द्धमा अमेरिकाको प्रवेश

।सन् १९४१ मा अमेरिका औपचारिक रुपमा दोस्रो विश्वयु’द्धमा प्रवेश गरेको थियो । सन् १९४१ को ८ डिसेम्बरमा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा ह’म’ला गरेको थियो । सोही ह’म’लापछि अमेरिका पनि दोस्रो विश्व यु’द्धमा तानिएको थियो ।

राष्ट्रमन्डल घोषणा

सन् १९९१ मा बेलाभेज सम्झौतामा हस्ताक्षर भएको थियो । बेलाभेज सम्झौतामा रुसमाथिको प्रतिबन्ध हटाएर राष्ट्रमन्डल देश घोषणा गरिएको थियो ।

Related Articles

Back to top button