News

मैले काम सकेँ, अबको दायित्व राज्यको हो – डा.दास

काठमाडौं। कोभिड-१९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन्। जडीबुटीको खानी नेपालबाट पनि म’हामा’रीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास तीन महिनादेखि तल्लिन छन्। विश्वव्यापी रूपमा कोरोना म’हामा’री बढ्दै गएपछि डा.दासले चैतबाट नेपालमा पाइने जडीबुटी प्रयोग गरी खोप अध्ययन थालेका हन्। हेटौँडा क्याम्पसको प्रयोगशालामा खोप अध्ययन गरिरहनुभएका डा.दासले भने, ‘कोरोना भाइरसविरुद्ध केही एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडीबुटी लिएर शोध गरी खोप तयार गरेको छु।’कोरोनाको स’ङ्कटमा विश्व फसिरहेको बेला योगदान गर्नुपर्छ भनेर थालेको आफ्नो अनुसन्धानले सफलता पाएको उनको दाबी छ। यो खबर गोरखापत्र दैनिकमा हेटौंडाबाट राममणि दाहालले लेखेका छन्। ‘प्रयोगशालाको काम पूरा भएको छ, मैले गरेको खोज र अनुसन्धान विश्वविद्यालय र नेपाल सरकारको सम्पत्ति भइसकेको छ। अब थप अनुसन्धान राज्यको हो,’ उनले भने

Related Articles

Back to top button
Close