सुतिरहेको अबस्थामा बुरुण्डीको कारागारमा आ’गला’गी, ३८ कैदीको मृत्यु
बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आ’गला’गीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका साथै अरु कैयौँ जना गम्भीर घाइते भएको उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले बताउनुभयो ।
बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारको अधिकांश भाग आ’गोले ध्व’स्त भ’ए’को छ भने आ’ग’ला’गीको समयमा धेरै कैदीहरू सुतिरहेकोले धेरै कैदीको मृत्यु भएको एक प्रत्यक्षदर्शीले एएफपीलाई बताए ।
केही वरिष्ठ मन्त्रीहरुसँग उक्त दुर्घटनाको दृश्य हेर्न गएका ३८ जनाको मृत्यु भएको र ६९ जना गम्भीर घाइते भएको सञ्चारकर्मीसँगको कुराकानीमा उपराष्ट्रपति बाजोम्भान्जाले पुष्टि गर्नुभयो । स्थानीय समय अनुसार बिहान ४ः०० बजे सुरू भएको आ’ग’ला’गीको कारण विद्यूत चुहावटका कारण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि बताइएको छ ।
फोनमार्फत् एएफपीलाई प्रतिक्रिया दिँदै प्रत्यक्षदर्शी एक कैदीले भने, “हामीले आ’गोको ज्वा’ला धेरै माथि उठेको देखेपछि ड’रले कराउँदै ढोका खोल्न भन्यौँ तर प्रहरीले ढोका खोल्न आदेश नपाएको भन्दै अस्वीकार गरेकाले ठूलो मानवीय क्षति हुन पुग्यो । उनले भने, “म कसरी उम्केँ थाहा छैन । धैरै कैदीहरू भा’ग्दाभा’ग्दै आ’गो’ले ज’ले’र म’रे ।”
साक्षीहरूले भने, “आ’ग’ला’गीमा गम्भीर घाइते भएकाहरूलाई प्रहरी पिकअप ट्रकमा हाली अस्पताल लगियो भने सामान्य घाइते केहीलाई घटनास्थलमा नै उपचार गरिएको थियो ।”