घट्यो सुनचाँदीको भाउ : तोलाको कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस्
काठमाडौं / सुनचाँदीको भाउ आज घटेको छ । हिजो स्थिर रहँदै ९२ हजार रुपैयाँ तोलामा किनबेच भएको सुन आज तोलामा २ सयले घटेर ९१ हजार ८ सय रुपैयाँ तोलामा किनबेच भैरहेकोनेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि आज घटेको छ । हिजो १ हजार २ सयमा कारोबार भएको चाँदी आज १ हजार १ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
अन्य समाचार | काठमाडौँ – आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा नागरिक उड्डयन प्राधिकरणले विभिन्न कार्यक्रम गर्दैछ।
शिकागो कन्भेन्सन लागू भएपछि सन् १९ सय ९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले यो दिवस मनाउँदै आएको छ । संयुक्त राष्ट्रसंघको महासभाले १९ सय ९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो। आइकाओमा नेपालसहित १ सय ९२ राष्ट्र सदस्य छन् ।
हाल नेपालमा सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमसहित एक दर्जन निजी कम्पनीका साना ठूला विमानहरूले बाह्य तथा आन्तरिक उडान गर्दै आएका छन् ।