vada
News

१० अघि विवाह गरेका जोडी माइतवाट घर फर्कदै थिए, बाटोमै सँधैका लागि अस्ताए

काठमाडौ । बैतडीमा सोमबार साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइते मध्य पनि एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेका इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

दुर्घटनामा पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दीपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक घाइते भएका छन्। मृ त क र घाइते सबैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। जीपमा चालकसहित ११ जना सवार रहेका प्रहरीले जनाएको छ।

जीप सडकबाट १०० मिटर तल खसेको थियो। चालक पाटन– ५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन्। कच्ची र भिरालो सडकका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

मनीषा र प्रेमले १० दिनअघि मात्रै विवाह गरेको खुलेको छ । उनीहरू घरबाट माइती फर्कंदै गरेको प्रहरीले जनाएको छ । घाइते मध्ये ४० वर्षीय जानकारी भट्टराईको अवस्था गम्भीर रहेको छ । दुर्घटना साँझ साढे ६ बजेतिर भएको बताइएको छ । जिप ग्रामीण कच्ची सडकमा दुर्घटना भए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन । चालक फरार रहेकाछन् भने घटनाबारे अनुसन्धान जारी रहेको छ ।फाइल तस्बिर

Related Articles

Back to top button