vada
News

दुबई उड्न प्लेन चढेका ७६ जनालाई विमान बाट झारेर घर पठाईयो ! विमानस्थलमै नारावाजी

काठमाडौँ । दुवई घुम्न भन्दै एउटै सहकारीवाट जान लागेका ७६ जनालाई मध्यराती विमानस्थलवाट फर्काइएको छ । उनीहरु सबै एउटै सहकारीका शेयर सदस्य थिए ।

नेपाल वायुसेवा निगमको विमानबाट आइतबार राति काठमाडौंबाट दुबई घुम्न जाँदै गरेका यात्रुको भिजिट भिसामा शंका लागेपछि विमानस्थलवाट फर्काइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले ललितपुरको एक सहकारीका ७६ जना शेयर सदस्यहरूलाई मध्यरातमा अफलोड गरिदिएको छ ।

जाउलाखेलस्थित शुभेक्षा बहुउदेश्यीय सहकारीका शेयर सदस्य तथा पदाधिकारीको ७६ जनाको समूह एकै पटक दुवई घुम्न भन्दै जान लागेका थिए । तर जहाज चढ्नु अघि उनीहरुलाई घर फर्कनु परेको छ । उनीहरू राति साढे ११ बजे दुबईका लागि उड्दै थिए । उक्त सहकारीका सचिव विजय शर्माका अनुसार उनीहरू सबैजना चार दिनका लागि दुबई एक्स्पोमा भाग लिन काठमाडौंबाट जाँदै थिए ।।’

शर्माका अनुसार यी यात्रुहरू जनही १ लाख ७ हजार रूपैयाँको टुर प्याकेज किनेर दुबई जाँदै थिए । तर, अध्यागमनका कर्मचारीले उनीहरुमाथि शंकास्पद गतिविधि देखिएको भन्दै अध्यागमन कार्यालयबाट जाँचपास लिइसकेका र नलिएका सबैलाई फर्काएको छ ।

साथै, आफूहरुको यात्रा यात्रा रद्द गर्नुपर्ने अवस्था आएर भए निगमले क्यान्सिलेसन चार्ज लिई रकम फिर्ता दिनुपर्ने भन्दै विमानस्थलमै नाराबाजी गरेका थिए ।

अध्यागमन विभाग महानिर्देशक महानिर्देशक भट्टराईले भने एकै सहकारीका यति धेरै व्यक्ति विदेश भम्रण जानुपर्ने कारण खुलाई पत्र मागिएको बताएका छन् । उनका अनुसार यात्रुले फेरि दुवै मुलुकले जारी गरेका स्वास्थ्य प्रोटोकल, पीसीआर गर्नुपर्ने लगायत काम गर्नुपर्ने हुन्छ ।

अब यी यात्रुले पुन टिकट लिन १० हजार हाराहारी अतिरिक्त शुल्क तिर्नुपर्छ । यदी उनीहरूले यात्रा रद्द गर्नुपर्ने भए निगमले क्यान्सिलेसन चार्ज लिई रकम फिर्ता दिनुपर्छ । ती यात्रुले फेरि दुवै मुलुकले जारी गरेका स्वास्थ्य प्रोटोकल, पीसीआर गर्नुपर्ने लगायत काम गर्नुपर्ने हुन्छ ।

दुबईका लागि सबैको डेढ महिनाको भिसा भएको बताउँदै सचिव शर्माले दुबईमा होटल बुकिङ तथा एक्स्पोको टिकट पनि खरिद भइसकेकाले यात्रा रद्द गर्ने वा नगर्नेबारे निर्णय भइनसकेको बताए

Related Articles

Back to top button