vada
News

को-रोना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोनका बिरामी एकैदिनमा पाँच गुनाले बढे, यस्ताे छ विवरण !

को-रोना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोनका बिरामी एकैदिनमा पाँच गुनाले बढे, यस्ताे छ विवरण !

को-रोना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोनका बिरामी एकैदिनमा पाँच गुनाले बढे, यस्ताे छ विवरण !

को-रोना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोनका बिरामी एकैदिनमा पाँच गुनाले बढे, यस्ताे छ विवरण ! भा-रतमा को-रोना भाइरसको नयाँ भेरिअन्ट ओ-मिक्रोनको सङ्क्रमणका मामिला एकैदिन एक्कासी पाँच गुनाले बढेको छ।

समाचार एजेन्सी एएनआइका अनुसार आइतवार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओ-मिक्रोन सङ्क्रमित फेला परेका छन् । पुष्टि भएका पछिल्ला मामिलासँगै अब भारतमा ओ-मिक्रोन सङ्क्रमितको कूल सङ्ख्या ४ बाट २१ पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यो भेरिअन्टलाई चिन्ता-को विषय बताएको छ । सङ्क्रामकतालाई हेर्दा यसले अघिल्लो डेल्टा भेरिअन्टलाई समेत पछि पार्न सक्ने बताइएको छ । डब्लुएचओकी वैज्ञानिक सौम्या स्वामिनाथनले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यो डेल्टाभन्दापनि सङ्क्रामक भएको बताएकी छन् ।

नयाँ भेरिअन्ट फैलनबाट रोक्ने उद्देश्यले भारतमा केन्द्र एवं राज्य सरकारहरूले विमानस्थलहरूदेखि लिएर अन्य यातायात केन्द्रहरूमा परीक्षण तथा स्क्रीनिङ् तेज पारिरहेका छन् । भारतको साथसाथै विश्वभरिका कैयन् देशहरूमा पनि ओ-मिक्रोन सङ्क्रमणमा तेज वृद्धि पाइएको छ।

दक्षिणी छिमेकी भा-रतमा लगालग ओ-मिक्रोन सङ्क्रमित फेला परेपछि त्यसले नेपालमा पनि चिन्ता बढाइदिएको छ । ओ- मिक्रोन भित्रिन सक्ने आशङ्काका माझ पूर्ण मात्रा खोप दिइएका मानिसहरूलाई बुस्टरका रूपमा अर्को मात्रा खोप दिने बारेमा छलफल भइरहेको र छिट्टै निर्णयमा पुगिने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले बताएका छन्।

कस्ता व्यक्तिलाई दिने र कहाँबाट शुरू गर्ने भन्नेबारे मन्त्रालयले एउटा संयन्त्र बनाएर तयारी सकेलगत्तै बुस्टर मात्रा दिन शुरू गरिने मन्त्री विरोध खतिवडाले बीबीसीलाई बताए हालसम्म नेपालमा पूर्ण मात्रा खोप लगाएकाहरू कूल जनसङ्ख्याको २८ प्रतिशत मात्र छन् । बिबिसी बाट साभार

  1. काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Related Articles

Back to top button