vada
News

ललितपुरबाटै पक्राउ परे भुजेल, आफै प्रहरीलाई फोन गरि बोलाएका थिए घरमै

मंसिर १६ गते ललितपुरको कुपण्डोलस्थित आफ्नै कोठामा मृत भेटिएकी महिलाको उनकै श्रीमानले ह’ ‘त्या गरेको आ’शंका गरिएको छ। ३५ वर्षीया जानुका भुजेल आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। जानुकाको ह’ ‘त्या अभियोगमा उनका श्रीमान ३५ वर्षीय एक्काराज भुजेललाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए।

रामेछापको मन्थली नगरपालिका १२ गेलु घर भएका उनीहरु ललितपुर महानगरपालिका १० कुपण्डोलमा डेरा गरी बस्दै आएका थिए। अनुसन्धानका क्रममा एक्काराजले घाँ’ ‘टीमा कपडाले क’सी ह’ ‘त्या गरेको खुलेको एसपी महर्जनले बताए।

जानुका गत बिहीबार दिउँसो कोठामा मृत फेला परेकी थिइन्। शव फेला परेको सूचनापछि प्रहरीको टोली खटिएको थियो। सूचना श्रीमान एक्काराज आफैंले प्रहरीलाई दिएका थिए। ‘घटना भएपछि श्रीमानले नै श्रीमती मृत अवस्थामा फेला परेको भन्दै खबर गरे। खाटमा सुतिरहेको अवस्थामा फेला परेको भनिएको थियो,’ प्रहरी उपरीक्षक महर्जनले भने, ‘त्यसपछि हामी अनुसन्धान गर्न पुग्यौं।’

घटनास्थल पुग्दा प्रहरीलाई शं’का’स्पद लागेको थियो। त्यसपछि सुरूमा श्रीमान आफैं नै प्रहरीको शं’काको घेरामा रहेका थिए। मुचुल्का उठाएपछि प्रहरीले शव पोष्टमार्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाएको थियो। त्यसको रिपोर्ट र प्रविधिगत विश्लेषणले श्रीमान एक्काराजले नै ह’ ‘त्या गरेको देखिएको प्रहरी उपरीक्षक महर्जनले बताए। ‘सुरूमा घटना स्वीकार गर्न मानेका थिएनन्। तर पछि स्वीकारे,’ उनले भने।

उनका अनुसार जानुकाको घाँ’ ‘टी क’से’र ह’ ‘त्या भएको हो। उनीहरू सामान्य मजदूरी गर्थे। दुई छोरा र एक छोरी पनि छन्।प्राय: उनीहरूबीच झ’ग’डा हुने गरेको प्रहरी उपरीक्षक महर्जनले बताए। त्यसदिन पनि उनीहरूबीच झ’ग’डा भएको थियो।त्यसैक्रममा जानुकाले हात उठाएपछि एक्काराजले घाँ’ ‘टी क’से’र ह’ ‘त्या गरेको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button