vada
News

एउटै मूल्यमा बजाज पल्सर २०० एनएस र २२०एफ : कुन किन्ने ?

नेपाली बजारमा बिक्री भइरहेका बजाजका दुई लोकप्रिय मोटरसाइकल पल्सर एनएस २०० र पल्सर २२० एफको एक एक भेरिएन्टको मूल्य एउटै छ । यी दुवै मोटरसाइकल युवा पुस्ताले निकै नै रुचाएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

नेपाली बजारमा अन्य धेरै भेरिएन्टमा यी दुई मोटरसाइकल भए पनि नन–एबीस दुवै मोडलको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

पल्सर २०० एनएस २०० सीसी सेगमेन्टमा सबैभन्दा लोकप्रिय नेकेड स्पोर्ट्स बाइक भएको बजाजको दावी छ । पर्फमेन्स, पावर र स्पिड सबैमा अलराउन्डर मानिएको यो मोटरसाइकल विशेषतः युवा राइडरमाझ लोकप्रिय छ । यो विभिन्न तीन मोडल पल्सर एनएस २०० नन एबीएस, एबीएस र एबीएस एफआईमा उपलब्ध छ । यी मोटरसाइकलको मूल्य क्रमशः ३ लाख २९ हजार ९ सय, ३ लाख ६७ हजार ९ सय र ३ लाख ९३ हजार ९ सय रुपैयाँ छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

१९९.६ सीसी लिक्विड–कुल्ड इन्जिनयुक्त यो मोटरसाइकले २३.५ पीएस पावर र १८.३ एनएम टर्क जेनेरेट गर्छ । ६–स्पिड ट्रान्समिसनयुक्त यो मोटरसाइकलले ३६ किलोमिटरको माइलेज दिने कम्पनीको भनाइ छ । स्पोर्टी लुकको यो मोटरसाइकलमा एनालग–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्पोर्टी लुक, न्यु टेक्स्चर्ड स्प्लिट सिट, ब्युटिफुल टेललाइट र ट्रिपल–स्पार्क डीटीएसआई इन्जिन आदि फिचर उपलब्ध छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२२० सीसी इन्जिनयुक्त यो मोटरसाइकलले २०.९३ पीएस पावर र १८.५५ एनएम टर्क जेनेरेट गर्छ । ५–स्पिड ट्रान्समिसनयुक्त यो मोटरसाइकलले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिने बताइएको छ । एबीएस सहितको यो मोटरसाइकलमा डाइनामिक डिजाइन, न्यु टेक्स्चर्ड स्प्लिट सिट, आकर्षक टेललाइट, हाफ–फेयर्ड डिजाइन र डीटीएसआई इन्जिन लगायतका विभिन्न फिचर उपलब्ध छन् । बजाज पल्सर २२०एफ नन एबीएसको मूल्य ३ लाख २९ हजार ९ सय र एबीएसको मूल्य ३ लाख ६१ हजार ९ सय रुपैयाँ छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button