vada
News

Breaking: आज पनि २१३ जनालाई कोरोना पुष्टि , संक्रमितको संख्या ३४४८ पुग्यो

काठमाडौं, २५ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या झण्डै ३५ सय पुगेको छ । यस्तै, मुलुकभर २४ घण्टामा २ सय १३ जना थपिएसँगै संक्रमित संख्या ३ हजार ४ सय ४८ पुगेको हो ।

विराटनगर प्रयोगशालामा झापाका २ जना, सुनसरीका २ जना, मोरङका २ जना गरी ६ जना थपिएका छन् । यस्तै, कोशी अस्पतालमा भएको परीक्षणमा मोरङका १ जना संक्रमित थपिएका छन् ।

यस्तै, धरान प्रयोगशालामा भएको परीक्षणमा संक्रमित थपिएका छन् । यस्तै, हेटौंडा प्रयोगशालामा भएको परीक्षणमा धादिङका १ जना गरी एक जना संक्रमित थपिएका छन् ।

यस्तै, जनकपुर प्रयोगशालामा भएको परीक्षणमा रौतहटका १, धनुषाका १, सिरहाका २ जना गरी ४ जना संक्रमित थपिएका छन् । धुलिखेलमा भएको परीक्षणमा ५७ संक्रमित थपिएका छन् ।

सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा ५१ जना थपिएका छन् । यस्तै, जनस्वास्थ्य प्रयोगशाला कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १६ जना, सिन्धुपाल्चोकका १ जना, उदयपुरका ३ जना, ३६ जना थपिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश नम्बर १ का १२ जिल्लामा गरी २५९ जना, प्रदेश नम्बर २ मा ८ जिल्लाका ११६१ जना, वागमती प्रदेशमा १२ जिल्लाका गरी ९२ जना, गण्डकी प्रदेशमा ७ जिल्ला १ सय ११ जना, प्रदेश नम्बर ५ मा १२ जिल्ला १ हजार १ जना, कर्णाली प्रदेशमा ६ सय ३३ जना, सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा गरी १ सय ११ जना संक्रमित छन् ।

यस्तै, हालसम्म १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा २ हजार ९ सय ६ जना छन् । यस्तै, आज १२ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

मन्त्रालयका अनुसार मुलुकभर ९६ हजार २ सय ५ जनाको पीसीआर र आरडीटीबाट १ लाख ४५ हजार ४९ जनाको परीक्षण भएको छ ।

Related Articles

Back to top button
Close