vada
News

आज सूर्य ग्रहण लाग्दै, नेपालमा सूतक बार्न पर्छ कि पर्दैन ?

काठमाडौं । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

शनिबार अर्थात् आज लाग्ने सूर्यग्रहण अंग्रेजी वर्षअनुसार सन् २०२१ को अन्तिम सूर्यग्रहण हो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो सूर्यग्रहण पृथ्वीको दक्षिणी गोलार्धका विभिन्न ठाउँबाट देखिने छ ।

झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए । उनका अनुसार यो ग्रहण नेपालमा रात परेपछि मात्रै लाग्नेछ । यसको प्रभाव नेपालमा नरहने भएकाले सूतक बार्न नपर्ने उनले बताए ।

जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँछ, तब सूर्यग्रहण हुन्छ । चन्द्रमाले पृथ्वीबाट देखिने ग्रहणलाई पूर्णरुपमा वा आधा वा केही अंश मात्र पनि छोपेको हुनसक्छ ।

आजको सूर्यग्रहण दक्षिण अफ्रिका, लेसेथो, नामिबिया, चिली, न्युजिल्यान्ड, अष्ट्रेलियाबाट देख्न सकिन्छ । नासाले आफ्नो लाइभ स्ट्रिममा पनि यो सूर्यग्रहणको लाइभ फिड गर्ने जनाएको छ ।

‘सामान्य रूपमा दुई किसिमका ग्रहण हुन्छन् चन्द्रग्रहण र सूर्यग्रहण, खगोलविद् ह्वाँ कार्लोस बीयामिन आफ्नो नयाँ पुस्तक ‘इलस्ट्रेटिड अस्ट्रोनमी’ मा लेख्छन्। तर विधिगत रूपमा भन्नुपर्दा दुईवटा तारा संलग्न हुने तेस्रो किसिमको ग्रहण पनि हुने उनको भनाइ छ।

Related Articles

Back to top button