vada
News

कुवेत सरकारले अलपत्र परेका नेपाली कामदारहरुलाई नेपाल पठाइदिने

काठमाडौं २५ जेठ / विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बाट विदेशमा अलपत्र नेपालीलाई उद्धार गर्ने सरकारले गृहकार्य गरिरहेको छ ।

रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक युएईले गत शुक्रबार १६८ नेपालीलाई स्वदेश ल्याइदिएको थियो, सोहिदिन म्यानमार सरकारले पनि २६ अलपत्र नेपालीलाई स्वदेश ल्याइदिएको हो ।

त्यस्तै कुवेत सरकारले पनि आफ्नै खर्चमा अलपत्र नेपालीलाई नेपाल पठाइदिने निर्णय गरेको छ , विदेशमा समस्यामा परेर फर्कने नेपालीको कोरोना जाँच गन्तव्य देशमा कसरी हुन्छ भन्ने अन्यौल भइरहेका बेला कुवेतमा आममाफी पाएर फर्कने दिन कुरिरहेका नेपालीको कोरोना जाँच पनि कुवेत सरकारले नै गरिदिने भएको छ ।

कुवेतमा भिसाको म्याद सकिएका र रोजगारदाता परिवर्तन गरेर गैरकानुनी भएका झण्डै तीन हजार नेपाली कुवेत सरकारले दिएको आममाफीमा सहभागी भएर स्वदेश फर्कने दिन कुरिरहेका छन् ।

त्यस्तै कतार, साउदी, मलेसिया लगायत अन्य देशबाट नेपाल फर्कन इच्छुक नेपालीहरुको दूतावासले विवरण संकलन गरिरहेको छ ।

Related Articles

Back to top button