vada
News

यी ब्लड ग्रुप भएकालाई कोरोना संक्रमणको खतरा बढी, बिज्ञले पत्ता यस्तो नयाँ तथ्य

काठमाडौँ । विश्व प्राणघातक कोरोना भाइरस कोभिड-१९ को महामारीसँग जुधीरहँदा बैज्ञानिकले फेरी एउटा नयाँ तथ्य पत्ता लगाएका छन् । निश्चित ब्लड ग्रुपलाई कोरोना भाइरस कोभिड १९ संक्रमणको खतरा उच्च रहेको वैज्ञानिकले पत्ता लगाएका छन्। पछिल्लो समय जर्मनीका वैज्ञानिकले गरेको अध्ययन अनुसार संक्रमितलाई ब्लड ग्रुपअनुसार खतरा कम वा बढी हुने गरेको पाइएको हो।

वैज्ञानिकका अनुसार ए रक्तसमूह भएकाअरुलाई अन्य समूहको तुलनामा खतरा बढी रहेको पत्ता लागेको हो। सबैभन्दा पहिले चीनका वैज्ञानिकहरुले आफ्नो देशमा भेटिएका केसहरुमध्ये ए रक्तसमूह भएका बिरामीको अनुपात धेरै भएको खुलासा गरेका थिए। अहिले जर्मनीका वैज्ञानिकहरुले यसको पुष्टि गरेका हुन्।

जर्मनीको युनिभर्सिटी अफ कीलका अनुसन्धानकर्ताहरुले खास किसिमको जीन यसको लागि जिम्मेवार हुन सक्ने बताएका छन्। अनुसन्धानका क्रममा रक्तसमूह ए भएका संक्रमितहरु गम्भीर रुपमा बिरामी हुने खतरा अरुको तुलनामा ५० प्रतिशत अधिक रहेको पाइयो ।

उनीहरुलाई अक्सिजन सपोर्ट वा भेन्टिलेटरमै राख्नुपर्ने खतरा आउन सक्ने अनुसन्धानमा देखिएको छ। ए ब्लड ग्रुप भएका संक्रमितलाई अक्सिजन सपोर्ट वा भेन्टिलेटरमै राख्नुपर्ने खतरा देखिएको अनुसन्धानले देखाएको छ। यी ब्लड ग्रुप हुने स्वस्थ र फिट युवाहरु पनि गम्भीर रुपले बिरामी भएको अनुसन्धानमा पाइएको छ।

युनिभर्सिटी अफ कीलका वैज्ञानिकहरुले टाइप ए रक्त समूहका मानिसहरलाई हुन सक्ने खतराको बारेमा पत्ता लगाउन इटली र स्पेनका १६१० बिरामीको तथ्यांकको अध्ययन गरेका थिए। यसको तुलना अन्य २२५० बिरामीको तथ्यांकसँग गरियो जो कोरोनाबाट गम्भीर बिरामी भएका थिएनन् । अध्ययनका क्रममा ए ब्लड ग्रुप भएकाहरु कोरोनाभाइरसबाट गम्भीर बिरामी हुने खतरा बढी देखियो भने ओ ब्लड ग्रुप भएकामा गम्भीर बिरामी हुने खतरा कम पाइयो ।

यस्तै ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार १७७ जनाको मृत्यु भएको छ । योसँग मृतकको संख्या ४ लाख १ हजार ६२३ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ६९ लाख ६७ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७१५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६९ लाख ६७ हजार ३६ पुगेको छ ।

३१ लाख ५८ हजार २७१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५८७ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार बिहानसम्म १ लाख ७८ हजार ५८३ जनाको मृत्यु भएको छ ।

२० लाख ७८ हजार ७३२ जना संक्रमित भएकोमा १० लाख ७३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३४ हजार ७३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ५२ हजार ४६५ पुगेको छ । त्यसमध्ये ९ लाख ९ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३४ हजार ६३७ जनाको मृत्यु भएको छ । १३ लाख २६ हजार ४२९ जना संक्रमित भएकोमा ८ लाख ३ हजार १४१ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ४८ हजार ६३७ जनाको मृत्यु भएको छ । ११ लाख ९ हजार ३२० जना संक्रमित भएकोमा ५ लाख २५ हजार ३५७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ८२ जनाको ज्यान गएको छ भने १ लाख ८५ हजार ९९६ जना संक्रमित छन् । संक्रमितमध्ये ८३ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८६५ जना संक्रमित भएकोमा ८ हजार २७५ जना संक्रमणमुक्त भएका छन् ।

Related Articles

Back to top button