News

डिभी लोटरी २०२१ को नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

न्ययोर्क । आर्थिक वर्ष २०२१ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्क समयअनुशार दिउसो १२ बजेदेखि डिभी लोटरीको नतिजा चेक गर्न सकिनेछ ।

गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेकाहरुले आर्थिक बर्ष सन् २०२१ का लागि भरेको डिभी लोटरीको नतिजा २०२१ को सेप्टेम्बरसम्म चेक गर्न सक्नेछन् ।

विजेताहरुले सन् २०२० को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ ।अमेरिकी सरकारले आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेशन नम्बर सन् २०२१ को सेप्टेम्बरसम्म आफूसँग राख्नलाई सुझाव दिएको छ ।

डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो ।
चालु आर्थिक बर्षका लागि डिभी पारेकाहरुले आगामी सेप्टेम्बरसम्म भिसा प्राप्त गरिसक्नु पर्नेछ । अन्यथा यो बर्ष परेको डिभी लोटरी अर्को बर्ष प्रयोग गर्न पाइने छैन ।

आर्थिक बर्ष २०२२ का लागि भने आगामी अक्टोबरमा डिभी लोटरी खुल्नेछ । डिभी लोटरी अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्ने सबैभन्दा सजिलो तरिका हो । डिभी लोटरी परे नपरेको चेक गर्न यहाँ क्लिक गर्नुहोला- https://dvprogram.state.gov/

Related Articles

Back to top button
Close