News

काठमाडौंका चार जनामा देखियो कोरोना सङक्रमण

काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २३ जना थपिएका छन् भने ३२ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

अहिलेसम्म निको हुनेको संख्या ३ सय ६५ पुगेको छ ।जसमध्ये २ सय ९९ जना पुरुषहरु छन् भने ६६ जना महिला छन् ।विगत २४ घन्टामा ४ हजार १ सय ११ वटा पीसीआर विधिबाट परिक्षण गरिएको छ । नेपालका ७७ जिल्लामध्ये ७० जिल्लामा कोरोनाको सङक्रमण फैलिइसकेको छ ।

Related Articles

Back to top button
Close