vada
News

कपनकी महिला घरको गेट बन्द गर्दै थिईन, घाँटीबाट एक्कासी २ तोलाको सिक्री गायब

काठमाडौं – काठमाडौंमा महिलाको सुनको सिक्री लुटपाट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका वडा नम्बर २ तातोपानीका २२ वर्षीय अन्जित सुवेदीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।उनले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भागेका थिए।

सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीय मानिसहरूको सहयोगमा अन्जितलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भक्तपुरको पलासेबाट सुन्दर र दिपक पक्राउ : विना चावी यसरी चलाउँथे ‘पल्सर २२०’
किर्तिपुर नगरपालिका–९, नगाउँ स्थित आफु बस्दै आएको घर अगाडी पार्किङ्ग गरी राखेको स्थानबाट हराएको बा ९४ प ७१६४ नम्बरको पल्सर मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई २४ घण्टा नवित्दै ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप खाडादेवी गाउँपालिका ७ घर भई हाल काठमाडौं नारायणटार बस्ने वर्ष १८ को सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका २ घर भई नारायणटार नै बस्ने दिपक सिंजाली मगर रहेका छन् ।

चोरी भएको सुचना प्राप्त हुनासाथ महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरी विना चावी डाईरेक्ट स्टार्ट गरेर नम्वर प्लेट समेत परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा ती दुवैलाई भक्तपुर सुर्यविनायक नगरपालिका ९, पलासेबाट नियन्त्रणमा लिन सफल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

उक्त मोटरसाइकल यही श्रावण २३ गते रातको समयमा काठमाडौं किर्तिपुर नगरपालिका–९, नगाउँबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि स्याङ्जा आधिखोला गाउँपालिका ५ घर भई हाल किर्तिपुर बस्ने मुक्ति प्रसाद पौडेलले यस महाशाखामा निवेदन दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, किर्तिपुरमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तर रूपमा चलाई राखेको छ ।

Related Articles

Back to top button