vada
Video

दुर्गेश थापाको ‘बिच बिचमा–५’ मा पल शाहको दमदार डान्स भिडियो सहित

काठमाडौं – ‘बिच्च बिच्चमा ४’ बोलको तीज गीतमा प्रयोग गरिएको शब्दलाई लिएर गायक तथा मोडल दुर्गेश थापा विवादमा फसे । उनलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिसकेको छ । उसो त प्रतिष्ठानले दुर्गेशलाई साधारण सदस्य पनि नरहने बाहेक अन्य बुँदा समेत उल्लेख गरेर कारवाही गरेको थियो । तर, सामाजिक संजालमा चर्को विरोध भएपछि प्रतिष्ठानले बुँदा सच्चाएको थियो ।

गीतका कारण विवादमा आइरहने गायक दुर्गेश थापाको ‘बिच बिचमा’ को सिरिज ‘बिच बिचमा–५’ सार्वजनिक भएको छ । गीतमा उनले आफ्नो विरोध गर्नेलाई जवाफ दिएका छन् ।

गीतमा दुर्गेशको शब्द र संगीत रहँदा उनलाई वसन्त थापाले स्वरमा साथ दिएका छन् । साहस शाक्यको एरेञ्ज रहेको गीतमा चन्द्र चौधरीको मिक्सिङ छ ।भिडियोमा अभिनेता तथा मोडल पल शाह, गायक दुर्गेश, बालकलाकारहरु जेभिन–जेभिस, आयुषी ढकाल र सिमोन कोनाजु फिचर्ड छन् ।

काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ । दुर्गेश थापाले केही समयअघि तीज गीतको नाममा ‘ख्यास्स पुतली’ गीत सार्वजनिक गरेका थिए । गीत सार्वजनिक भएसँगै तीजको मर्म विपरित उट्पट्याङ एवं भड्किलो गीत निकालेर सस्तो लोकप्रियता कमाउन खोजेको भन्दै उनको व्यापक आलोचना भएको थियो । कोरोनाले गर्दा तीज गीतमा नाच्न नपाउँदै भन्दै चेलीबेटीलाई ‘यसपालीको तीजमा ख्यास्स पुतली’ भन्दै दुर्गेशले गीत निकालेका थिए ।

गीत सार्वजनिक भए लगत्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुर्गेशलाई ‘बहिष्कार’ गरेको चर्चा चल्यो । प्रतिष्ठानका पदाधिकारीहरुले नै दुर्गेशलाई बहिष्कार गरिएको जानकारी गराए । यद्यपि आधिकारिक रुपमा विज्ञप्ती भने जारी गरिएन । यसको प्रतिरक्षामा दुर्गेशले ‘आफ्नो खुट्टा तान्न खोजेको’ भन्दै उक्त गीतको शब्द संशोधन नगर्ने अडान लिए । बरु उनले ‘बहिष्कार’ शीर्षकको गीत नै तयार गर्ने कुरा सार्वजनिक गरे ।

Related Articles

Back to top button