vada
Video

‘गजेडी’ पारस शाहलाई कारवाही नगरे मेरो नेतृत्वमा पक्राउ गरेर प्रहरीकोमा पुर्याउँछुः आङकाजि शेर्पा (भिडियोसहित)

जनता समाजवादि पार्टीका केन्द्रिय सदस्य आङकाजि शेर्पाले पारस शाहलाई तत्काल पक्राउ गरेर कारवाही गर्नु पर्ने माग गरेका छन । नत्र जनाताले जहाँ भट्यो त्यहीबाट घोक्रेट्यग लगाएर समात्ने बताए । पारस शाहले हिजो साझा मापासे गरेर बिना हेलमेट मोटरमाइकलमा चलाउँदा प्रहरीले रोक्न खोज्दा उल्टै प्रहरीलाई हातपात गरेका थिए ।

पारस शाहलाई गजेडीको उपनाम दिदै आङकाजि शेर्पा भन्छन, कानुन सबैलाई बराबर हो त्यसैले त्यो पारस शाह भन्ने गजेडीलाई प्रहरीले कारवाही गर्नु पर्थो । जुन प्रहरीले पासर शाह हो भन्ने थाहा पाउँदा पाउँदै साहस देखाएर हातमै समातेर नियन्त्रण गर्न खोज्यो उनलाई फुलमाला लगाएर धन्यवाद दिनुपर्ने बताए । मापासे गरेर बिना हेलमेट मोटरसाइकल कुदाउने पारस शाहलाई प्रहरीले केही समयको लागि भएपनि नियन्त्रणमा लिएर कानुनको पालना गराउन प्रयास गरेको बताए ।

दैनिक न्यूज नेपालसंगको विषेश कुराकानीको क्रममा उनि भन्छन, पारस शाहले तिन वटा अपराध गरे पहिले हेलमेट बिना मोटरसाइकल कुदाउन, दोश्रो मापासे गरेर मोटरसाइकल चलाउनु, तेश्रो ट्राफिक प्रहरी माथि हातपात, यस्तो कार्य सर्वसाधरणबाट भएको भए ट्राफिक प्रहरीले कारवाहीसंगै बिगतमा कुटपिट पनि हुने गरेको बताए ।

पारस शाहलाई तत्काल पक्राउ गरेर हिरासतमा राखेर छानबिन गनुपर्ने र कम्तिमा पनि ३,४ वर्ष जेल सजाय हुनुपर्ने माग गरेका छन । अब पनि फेरि यस्तो हर्कत गरे आफै नेतृत्व गरेर पक्राउ गरेर हतकडि हालेर हिरासतमा पुर्याउने चेतावनी समेत दिएका छन ।

दैनिक न्यूज नेपालसंग आङकाजि शेर्पाको विषेश अन्तर्वार्ता

Related Articles

Back to top button