vada
News

के सविनजंगसँगको ब्रेकअपपछि अर्कै युवको प्रेममा छिन् वर्षा ?

कलाकारका फेसन, प्रेम र रोमान्सका गसिपले सधैँ चर्चा पाउने गर्छ ।

यसैक्रममा पछिल्लो समय फिल्म क्षेत्रमा चर्चाको विषय अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालको प्रेम सम्बन्ध भएको छ ।
दुवैले खुलेर प्रेम स्वीकार नगरे पनि उनीहरू प्रेममा रहेको कुरा भने लुक्न सकेको छैन । गत वर्ष एकसाथ होली मनाएपछि प्रेममा रहेको चर्चा चलेका यी दुवै मिडियामा भने आफूहरू राम्रो साथी रहेको बताएका छन् ।

तर सामाजिक सञ्जालमा उनीहरूको पोस्ट नियाल्ने हो भने दुवै बिच प्रेम रहेको अनुमान सजिलै गर्न सकिन्छ ।अमेरिकामा बस्ने सविनजंग थापासँग ब्रेकअपपछि वर्षा राजसँग नजिकिएकी हुन् । अभिनेत्री पूजा शर्माको माध्यमबाट यी दुवै नजिकिएको बताइन्छ । अहिले दुवैले विवाह प्लानिङ गरेको फिल्म क्षेत्रमा चर्चा छ ।

Related Articles

Back to top button