vada
News

राजतन्त्र फर्काउने उद्घोष गर्दै नयाँ दल घोषणा, पारशको छोरालाई राज्यप्रमुख बनाइने

काठमाडौं । मुलुकमा राजतन्त्र फर्काउने उद्घोष गर्दै आज पोखराबाट एउटा नयाँ राजनीतिक दलको घोषणा भएको छ । नारायणप्रसाद कोइरालाको नेतृत्वमा शिक्षा र सुरक्षामा जोड दिँदै गठन गरिएको दल ‘नेपाल प्रतिविम्ब पार्टी’ घोषणा गर्दै सो पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई आलंकारिक राज्यप्रमुख बनाउने उद्घोष समेत गरेको छ ।

विशेष गरी प्रतिविम्ब पार्टीले संवैधानिक राजतन्त्रका विषयमा जनमत संग्रह गरी हृदयेन्द्र शाहलाई आलांकारिक राज्य प्रमुख बनाउने उद्घोष गरेको हो । यसबाहेक देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने एजेण्डा पनि सो पार्टीको छ । दैनिकनेपालबाट

Related Articles

Back to top button