vada
News

संक्रमण अनियन्त्रित भएपछि आज राती १२ बजेबाट एक हप्तालाई सिल

झापा साउन १६ । आज राती १२ बजेबाट झापा जिल्लाभर सिल हुदैछ । एक हप्ताका लागि डीसीसीएमसी झापाले जिल्ला सिल गर्ने निर्णय गरिसकेको छ । यसअघि झापाको ११ वटा पालिकाले सिल गरेका थिए । जिल्लामा कोरोना संक्रमण अनियन्त्रित भएपछि सिल गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

झापाको मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा ,बिर्तामोड र झापा गाउँपालिका सिल गरिएको थियो । सिल गरिएको अवधिभरका लागि औषधी, स्वास्थ्य सामग्री, ईन्धन बाहेकका अन्य पसल तथा व्यवसाय पूर्ण रुपमा बन्द गर्ने बताइएको छ ।

तरकारी, फलपूल, माछामासु विहान ६ बजेदेखि ८ बजेसम्म बिक्री गर्न पाइने डीसीसीएमसीले जनाएको छ । अहिले सञ्चालन भइरहेका परीक्षाका लागि आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ ।

सिल भएको समयमा सबै व्यवसाय बन्द गर्न निर्देशन जारी गरिएको छ । अत्यावश्यक बाहेकले पसल खुला गरेमा कानुन बमोजिम कारवाही गरिने बताइएको छ ।

Related Articles

Back to top button