vada
News

संजोगलाई वर्षाले लेखिन् ‘एउटै सहारा तिम्रै मायाको’

नेपाली सिने नगरिमा प्रेमको चर्चा खुबै हुने गरेको छ । रिल कपल देखि रियल कपलसम्म आईपुगेका केही उदाहरणहरु सबै सामु छर्लङ्ग छ । सिने नगरिको यस्तै एउटा उदाहरणीय जोडिको रुपमा पर्छन् वर्षा राउत र संजोग कोईराला । सामाजिक संजालमा अप्डेट भैरहने बर्षाले इन्स्टा पोस्ट र स्टोरिमा जोडिको २ फरक फरक तस्वीर शेयर गर्दै ‘एउटै सहारा तिम्रै मायाको’ भन्दै संजोग प्रती माया दर्साएकी छन् ।

प्रेम सम्बन्ध पछि विवाह बन्धनमा बधिएका यो जोडि यतिवेला मिडियामा पनि छाईरहेको छ । लकडाउनका कारण घरकै बसाईमा रहेका यो जोडि यतिबेला फुर्सदिला पनि छन् । बर्षाले सिमा बिवाद बारे दिएको अभिव्यक्ति प्रती चर्को आलोचना भयो । लगत्तै उनले माफी पनि मागिन् । यस्तैमा उनलाई संजोगले पनि समर्थन गरे ।

Related Articles

Back to top button