vada
Entertainment

बलिउड चर्चित गायिका नेहा कक्करको आज जन्मदिन

एजेन्सी/ आज बलिउड चर्चित गायिका नेहा कक्करको जन्मदिन परेको छ । आज अर्थात जुन ६ तारिकमा उनको जन्मदिन परेको हो । जन्म दिनमा उनलाई बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । लण्डन ठुमकदा, लड्की ब्यूटीफुल कर गई चुल, काला चश्मा जचदा ऐ जस्ता चर्चित गीतमा आफ्नो आवाज दिएकी नेहा कक्कड ३२ बर्ष पुरा भएकी छिन् ।बिभिन्न गित गाएर चर्चा बटुल्न सफल भएकी नेहालाई मन नपराउने सायद कम होलान्, आफ्ना हरेक दुखलाई पार गरेर नेहा अहिले आफ्नो करीयर तर्फ लागेकी छिन् ।

आखमारे गितबाट हिट भएकी नेहा गित गाउदा गाउदै स्टेजमानै रोइकी थिइन् । भारतको चर्चित शो ‘इन्डियन आइडल’ मा जर्ज भएकी नेहाको केही वर्ष अघि ४ वर्षे लामो प्रेमी अभिनेता हिमांश कोहेलीसँग प्रेम सम्बन्ध टुटेको थियो । प्रेम टुटेपटि उनी स्टेजमै रोएकी समेत थिइन् । मिठो स्वरकी धनी नेहाको नाम लोकप्रिय गायक आदित्य नारायण झासँग पछिल्लो समयमा जोडिदै आएको छ ।

Related Articles

Back to top button