News

कोरोनाबाट थप १ जनाको मृत्यु

डोल्पा : नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्लाको जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो। यो संगै नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

उनी यही जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका थिए । उनलाई क्वारेन्टाइनमा राखिएको थियो । मृतक लामो सममदेखि दमको रोगले पीडित थिए । केही समयपछि होम आइसोलेसन सारिएका उनको जेठ २० गते मृत्यु भयो ।

मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनलाई उद्धृत गर्दै जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।
उनको यसअघि नै दाहसंस्कार गरिसकिएको छ ।

Related Articles

Back to top button
Close