International
कोरोनाले लियो ८ वर्षीय बालिकाको ज्या न
एजेन्सी : काेराेना भाइरसबाट सबैभन्दा बढि प्रभावित रहेकाे संयुक्त राज्य अमेरिकाको उत्तरी क्यारोलिना राज्यमा ८ वर्षीय एक बालिकाको कोरोना भाइरसका कारण मृत्यु भएको बताइएको छ ।
अउरा सोटो मोरालेस, जो उनका साथीहरु र परिवारका लागि योशी भनेर चिनिने ती बालिकामा संक्रमण देखिएको एकहप्तापछि उनमा कोरोनाभाइरस जटिलता बढेको थियो ।
दुरहमको युएनसी अस्पतालमा कोमामा राखेर उपचार भैरहेकोमा सोमबार उनको मृत्यु भएको हो ।
उनमा त्यसअघि कुनै अन्य पनि स्वास्थ्य समस्या नभएको बताइएको छ । उनी सो राज्यमा कोरानाका कारण ज्यान गुमाउने पहिलो बालिका हुन् ।