Video

रुकुम घटना बन्यो झन रहस्यमय, भयो नयाँ खुलासा !

जाजरकोट । पश्चिम रुकुमको सोती घटनामा मा’रिएका सबै युवाको शव क्ष’तवि’क्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई ह त्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक ह त्याकाण्ड घटाइएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै शव घाइते र विभिन्न अंगमा गम्भीर चो ट लागेको अवस्थामा फेला परेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृ त्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।

नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ । गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा नवराजकी पे्रमिकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृ त्य भएको छ ।

अन्य सबै जना घाइते छन् । घाइतेहरूको भनाइअनुसार सोतीमा वडा अयक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा रहेको गाउँलेको समूहले चौैतर्फी घेरा हा लेर ती युवालाई आ क्रमण गरेका हुन् । केही युवा भाग्न सफल भए पनि युवतीका प्रेमी भनिएका नवराजसहित ६ जनालाई गाउँलले क’ब्जामा लिएर आ क्रमण गरी भेरीमा बगाएको घाइते सुदीप खड्काले बताए । ‘हामी धन्न ज्यान जोगाउन सक्यौं, अरुलाई मा रेर भेरीमा हालेछन्,’ खड्काले राजधानीसँग भने ।

मृतकहरूको शव क्ष’तवि’क्षत अवस्थामा फेला परेसँगै सोती घटनाबारे विभिन्न निकायबाट छनबिन र अनुसन्धान सुरु भएको छ । मृतकका आफन्त र शव खोजबिनमा संलग्नहरूको भनाइअनुसार टाउको र निधारमा गहिरो चो ट लागेको, दाहिने हात भा चिएको र शरीरभरि नि लडाम परेको अवस्थामा नवराजको शव फेला परेको थियो । यस्तै, अर्का मृतक गणेशको शव टाउकोको पछाडि भागमा गहिरो चो ट लागेको, दाइने हात धा रिलो ह तियारले ३ ठाउमा का टेको, आँखा फु टेको, निधारमा चो टपट क लागेको अवस्थामा फेला परेको हो ।

यस्तै, मृतक टीकारामको एउटा आँखा फु टेको, कन्चट, टाउको र कोखामा चो ट लागेको अवस्थामा शव फेला परेको हो । अ ण्डकोष र टाउकोमा ग हिरो चो ट, प्लास्टिकको डो रीले दुवै हात बाँ धेको र शरीरमा नि लडाम भएको अवस्थामा लोकेन्द्रको शव फेला परेको थियो ।

सन्दीपको शव धारिलो ह तियारले घा टीमा हा नेर पछाडिको भागमा ग म्भीर घाउ लागेको, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको छ । घटनाको १० दिनपछि फेला परेका गोविन्द शाहीको शव दाँत भाँ चिएको, हात भाँ चिएको र मुखमा मु कुन्डो लगाएर बगाएको अवस्थामा फेला परको नेपाली कांग्रेस जाजरकोट क्षेत्रका सचिव छवि पन्तले जानकारी दिएका छन् ।

६ युवाको सामूहिक मृ त्यु पछि जाजरकोट जिल्ला नै शो’कमग्न र आ क्रोशित छ । घटनाको सत्यथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै दिनहुँजसो सदरमुकाममा आन्दोलन हुँदै आएको छ । कथित दलित नवराजले कथित ठकुरी युवतीसँग प्रेम गरेकै कारण घटना भएको भन्दै दलित समुदाय र अधिकारकर्मीको आन्दोलन पनि जारी छ । अर्कोतर्फ अनुसन्धान र छानबिन पनि जारी छ । यो समाचार आजको राजधानी दैनिकमा वीरबहादुर गिरीले लेखेका छन् ।

Related Articles

Back to top button
Close