News

जापानबाट पनि नेपाली लिएर उड्यो नेपाल एयरलाइन्सको जहाज

काठमाडौं / विदेशमा रहेका नेपालीहरुलाई सरकारले उद्धार खुला गरेसँगै जापान पुगेको नेपाल एयरलाइन्सले ७ जना नेपाली लिएर आएको छ। शुक्रबार साँझ जापानको नारिताबाट फर्किएको विमानमा ७ जना नेपाली रहेको स्रोतले जानकारी दिए।

नेपाल एयरलाइन्सले नेपालबाट बिहीबार जापानी नागरिकसहितलाई लिएर नारिता गएको थियो। यसैबीच एयर अरेबियाले शुक्रबार यूएईबाट एक सय ६८ नेपाली र एउटा शव लिएर आएको छ। म्यानमारबाट बिहान दुई वटा सैनिक जहाजले २६ नेपाली लिएर आएका थिए।

त्यस्तै विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण युएईमा अलपत्र परेका नेपाली नागरिकलाई लिएर एयर अरेबियाको जहाज काठमाडौं आइपुगेकन्ह छ । युएईको सारजाह एयरपोर्टबाट एयर अरेबिया जहाजले नेपाली समय पौने ३ बजे उडा भरेको हो ।

सरकारले रोजगारीका लागि विभिन्न मुलुकमा समस्यामा परेका आफ्ना नेपाली नागरिकलाई स्वदेश ल्याउन प्रक्रिया अगाडि बढाएको छ । विभिन्न मुलुकगरि लगभग २५ हजार नागरिकलाई स्वदेश ल्याउने तयारी गरेको छ ।

आज बिहान म्यानमारबाट २६ नेपाली नागरिक नेपाल आइपुगेको छ । उनिहरुलाई म्यानमार सरकारकै पहलमा म्यानमार एयर फोर्स बिमानबाट नेपाल पठाइदिएको बताएको छ । हाल उनिहरु बसुन्धरा स्थित पाटिप्यालेसको क्वारेन्टाइनमा रहेको छ ।

त्यस्तै भर्खरै युएईबाट नेपाल आइपुगेको नेपालीलाई पनि नेपाली सेनाको पहलमा सुरक्षित साथ क्वारेन्टाइनमा लगेर राख्ने व्यवस्था गरिएको छ ।

साउदी, कतार, मलेसिया र अन्य देशको दुतावासले नेपाल फर्किन पर्ने अवस्थामा रहेका नागरिकको विवरण संकलन गरिरहेको छ । प्राप्त जानकारी अनुसार अन्य देशबाट पनि यै हप्ता नेपाल ल्याउने तयारी गरेको बुझिएको छ ।

आज लकडाउनको ७४ ओैं दिन नेपालमा कोरोना भाइरस संक्रमित सङ्ख्या २९ सय १२ पुगेको छ भने ३ सय ३३ जनाले कोरोनालाई जितेर घर फर्केको छ । नेपालमा कोरोना ११ जना संक्रमित व्यक्तिको ज्यान गइसकेको छ । हालसम्म देशको ६८ जिल्लामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

लकडाउन अझै लामो समयसम्म जारी राख्ने सरकारको तयारीरहेको छ । असार १ गतेदेखि देशमा ६ चरण गरेर क्रमै सँग लकडाउन खुकुलो बनाउने तयारी गरेको विज्ञहरु बताउछन् ।

Related Articles

Back to top button
Close