अभिनेत्री मनिषा कोइरालाको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं / मंगलबार मात्रै भारतबाट स्वदेश पर्किएकी अभिनेत्री मनीषा कोइरालाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । उनी भारतबाट फर्किएसँगै क्वारेन्टाइनमा बसेकी छिन्।
उनी भैरहवा बेलहिया नाका हुँदै उनी आमा बुवाका साथ निजी गाडीमा नेपाल आएकी हुन्। उनीहरू नेपाल आएलगत्तै सेल्फ क्वारेन्टाइनमा बसेका छन्।
अभिनेत्री कोइरालाले आफूहरू सबैले कोरोना भाइरस संक्रमण जाँच गरेको पनि सबैको रिपोर्ट नेगेटिभ आएको बताएकी छिन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार १४ दिन क्वारेन्टाइन बस्न पर्ने भएकाले उनीहरु क्वारेन्टाइनमै रहेका छन् ।
त्यस्तै मुलुकमा थप २ सय ७८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय संख्यामा ७८ संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ६७ पुरुष र ११ महिला छन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या २ हजार ९ सय १२ पुगेको छ । यसैबीच निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ३१ पुगेको छ । जस्मा २ सय ७२ पुरुष र ६१ महिला छन् ।