News

म्यानमारबाट आएका २६ नेपालीले भने – ओली सरकारको जय होस् !

काठमाडौँ, २३ जेठ

म्यानमारबाट आएका २६ नेपालीलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा राखिएको छ । सो पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा नेपाली सेनाले सुरक्षाका साथ लगेर राखेको हो ।

त्यहाको सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने वित्तिकै उनिहरुलाई नेपाली सेनाको गाडीमा राखेर बसुन्धारा लगिएको थियो ।

पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरेर आएकाले उनिहरुलाई बढिमा आजको रात त्यहा राखिने र भोली सम्वन्धित स्थानीय तहमा पठाइने सैनिक स्रोतले जानकारी दिएको छ ।

सरकारले विदेशबाट नेपालीहरूलाई उद्धार गर्ने कार्यविधि पारित गरेसँगै पहिलो लटमा २६ जना नेपालीहरू नेपाल आएका छन् । म्यानमार सरकारले नै उनीहरूलाई त्रिभुवन विमानस्थलसम्म ल्याइदिएको हो । उनीहरूले संकटको बेलामा सरकारले आफ्नै देशमा उद्धार गर्न स्वीकृति दिएको भन्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । उनीहरुले सरकारले राम्रो व्यवस्थापन गरेको भन्दै सरकारको तारिफ समेत गरेका छन् ।

Related Articles

Back to top button
Close