News

आज युएईबाट नेपाली लिएर आउने भनेको विमान रोकियो, यस्तो छ कारण

काठमाडौं । शुक्रबार युएईबाट नेपाली लिएर आउने भनेको विमान रोकिएको छ । यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडानमार्फत समस्यामा परेका नेपालीलाई स्वदेश पठाउने पत्र नेपाल सरकारलाई पठाएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार अनुमति दिएअनुसार शुक्रबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा विमान अवतरण हुने भनिएको थियो । तर, शुक्रबार युएईमा सार्वजनिक बिदा परेकाले पहिलो विमान रोकिएको बताइएको छ । अब केही दिनमा त्यसबारे निर्णय हुने पर्यटन मन्त्रालयले जनाएको छ ।

युएईले पहिलोचोटि एक सय ६८ जना सिट क्षमताको विमानमा नेपालीलाई पठाउने तयारी थियो । पहिलो उडानमा भिजिट भिसामा आएर अलपत्र परेका र गर्भवतीलाई प्राथमिकतामा राखिएको पर्यटन मन्त्रालयका एक कर्मचारीले बताए ।

Related Articles

Back to top button
Close