vada
News

यी हुन कोरोना संकटमा ब्यक्तिगत ‘१ करोड’ राहत योगदान गर्ने धादिङका मनकारि युबा, भन्छन “सय कोठा छन फ्री’ मा दिन्छु,”

धादिङ बैशाख १८ । धादिङ नीलकण्ठ नगरपालिका स्थित खाल्टेका युवाराज खतिवडा पेशाले व्यवसायी हुन् तर समाजसेवी, सामाजिक अभियान्ताको परिचय बनाएका छन् । यो कोरोना भाईरसले उत्पन्न गरेको संकट समाधानका लागि समेत उनले एक करोड योगदान गरेका छन् ।
धादिङ घर भै हाल पोखरामा तीवटा व्यवसाय गर्दै आएका खतिवडाले आफ्नो व्यक्तिगत तवरमा सो सहयोग सो रकम साना व्यवसायी, गरिव तथा असाह्य र मजदुरी गर्ने, सुत्केरी महिला तथा बालबालिकाका लागि योगदान गरेका हुन् ।

खतिवडाले पहिलो चरणमा पोखरा सस्तो बजार, फेवा एग्रिकल्चर प्रालिमा सटर लिई व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई सटर भाडा नलिने घोषणा गर्दै यो कोरोना भाईसरको संक्रमणका कारण उब्जिएको संकटमा ६० लाख योगदान गरेका थिए ।

दास्रो चरणमा खतिवडाले धादिङबाट पोखरा आई मजदुरी गरि रहेका र आप्नो कम्पनीमा कार्यरत मजदुर परिवारका लागि खाद्यान्न संकट समाधानका लागि १ हजार बोरा चामल, दाल र तेल वितरण गरेका थिए ।

धादिङपोष्ट सँग् कुरा गर्दै खतिवडा भन्छन् । लो लकडाउनका कारण खाद्यान्न संकटमा रहेकाहरुलाई जारी छ, ‘हालसम्म मैले ६ सय ५० परिवारलाई उनीहरु बसिरहेकै ठाऊँमा पुगी सहयोग उपलब्ध गराईसकेँ ।

तेसो त खतिवडाले गर्भवती महिला र साना बालबालिका भएका ३५० भन्दा बढी परिवारलाई एक बोरा चामल र १ हजार नगद प्रदान समेत गरेका छन् ।

काठमाडौंको सडक डुलेर पत्रिका बेच्ने देखि पोखराको सडक डुलेर घडी बेचिन की, कयौं छाक भोक भोकै बस्नु पर्दा र मजदुरको र गरिबीको पिडा मैले राम्ररी अनुभुती गरेको छु । यो संकटमा मैले आफ्नो विगत सम्झेर साना व्यवसायी, ज्यालादारी गर्ने मजदुर, असाह्य र गरिव परिवारको लागि निरन्तर सहयोग गर्दै आउँदा एकरोड भन्दा माथि योगदान रकम पुगेको उनी बताउँछन् ।

सय वटा कोठा छ, नि:शुल्क राख्छु ।

खतिवडाले पोखरा ५ पस्र्याङमा आवासका १ सय वटा कोठा तयार गरेका छन् । भाडा प्रायोजनका लागि बनाईएका कोठाहरु अहिले भाडामा लगाई सकेका छैनन् ।

‘यदि कोही मजदुर तथा सर्वसाधारणलाई घरभेटीले यो समयमा भाडा मागेर समस्या दिएको, घर जना राकिएको, आवास सुविधा नभएका, मजदुरहरु हुनुहुन्छ भने, उक्त भर्खरै निर्माण गरिएको उक्त कोठाहरुमा राखिदिने घोषणा समेत गरेका छन् ।

म नि:शुल्क रुपमा यहाँ आएर बस्न आह्वान गर्छु ।’ ‘लकडाउन अवधीभर बस्नेहरुलाई कुनै भाडा लिनेछैन र खाद्यान्न समेत नि:शुल्क प्रदान गरि दिने खतिवडाले धादिङपोष्टलाई बताए ।’Dhadingpost को सहयोगमा

Related Articles

Back to top button
Close