vada
News

कोरोनाबाट पाल्पामा ४१ वर्षीय पुरुषको मृत्यु, मृतक १० पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट फेरि १ जनाको मृत्यु भएको छ । कोरोनाबाट पाल्पा पूर्वखोला गाउँपालिका वडा नम्बर १ सिलुवाका ४० पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

भारतबाट फर्केर पूर्वखोलाकै वडा नम्बर २ जल्पा स्थित क्वारेन्टाइनमा बसेका ती पुरुषलाई स्वास्थ्य समस्या भएपछि तानेसनसिथ्त मिसन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसोलेसन कक्षमा उपचार गरिरहेको अवस्थामा उनको जेठ २० गते मृत्यु भएको थियो ।

उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै मुलुकमा कोरोनाबाट जीवन गुमाउने संख्या १० पुगेको छ ।

Related Articles

Back to top button
Close