vada
News

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ६४ पुग्यो

काठमाडौं – कुवेतमा कोरोनाभाइरसको संक्रमण देखिने नेपालीको संख्या ६४ पुगेको छ । कुवेतमा थप १३ जना नेपालीमा कोरोना पुष्टी भएलगत्तै संक्रमित नेपालीको संख्या ६४ पुगेको हो । कुवेतबाट नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार कुवेतमा थप १३ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेका र उपचार भइरहेको जनाइएको छ । कुवेतमा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार २४ पुगेको छ भने मृत्यु हुनेको संख्या २६ पुगेको छ । त्यस्तै कुवेतमा कोरोना संक्रमित १५ सय ३९ जना निको भएका छन् ।

Related Articles

Back to top button