News
लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्सा मन्त्रिपरिषद्द्वारा स्वीकृत
काठमान्डौ , सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको बैठकमा उपस्थित एक मन्त्रीले बताए। भूमि सुधार मन्त्रालयले लिपुलेक समेटिएर नक्सा पेश गरेको थियो। मन्त्री अर्यालले यसअघि नै नक्सा तयार भइसकेको बताउँदै आएकी थिइन्। नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको छ। भारतले आफ्नो नक्सामा लिम्पियाधुरा समेटेको र लिपुलेक हुँदै सडक खनेकोमा नेपालले आपत्ति जनाएको थियो ।