vada
News

आज एकै दिन ६२ जना नयाँ कोरोना संक्रमित थपियो, नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

विभिन्न स्थानको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एकै दिन ६२ जना नयाँ संक्रमित फेला परेसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको हो ।

विराटनगरको कोशी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा मोरङका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भैरहवाको प्रयोगशालामा गरिएको परिक्षणमा गुल्मिको ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा धनुष, रौतहट, दाङ र धादिङको १/१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि ४६ वर्ष उमेर समुहका रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै भेरि अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा बाँकेका ४६ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आजै विहान मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाण्डौँमा गरिएको परिक्षणमा रौतहटको इशनाथ नगरपालिकाका २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष, रौतहटकै माधबनारायण नगरपालिकाकी २८ वर्षीया महिला र बाराको करैयामाइका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाव संकलन गर्ने कार्य भईरहेको जनाईएको छ भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close