vada
International

हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्स वायुसेवा (पिएएफ) को सैनिक हेलिकप्टर दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । बुधबार राति उत्तरी मनिलामा भएको दुर्घटनामा एस–७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृत्यु भएको हाे ।

वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको सञ्चारमाध्यहरूमा जनाइएकाे छ ।

तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षणभित्रै उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको फिलिपिनी सेनाले जनाएकाे छ ।

रक्षा सचिव डेल्फिन लोरेन्जानाले अर्को विज्ञप्ति जारी गरी दुर्घटनामा तीन पाइलट र अरु तीन जना सैनिकको ज्यान गएको बताउनुभएको छ ।

Related Articles

Back to top button