vada
Video

यो घोडा कारभित्र कसरी पस्यो? रोचक भिडियो हेर्नुहोस्

कहिले काँही अनौठो घटना हुने गर्दछ । यस्तै एक घटनामा कारसँग जुधेपछि एक घोडा कारमा अड्किएको थियो । तस्बिरमा देखिएअनुसार घोडाको शरीर कारभित्र छ । त्यसको शिर भने झ्यालबाट बाहिर निस्किएको छ । प्रहरीहरु कसरी यस्तो दुर्घटना भयो भनेर आश्चर्यमा परेका थिए । घोडा कारसँग जुधेपछि नै त्यो कारमा अड्किएको थियो ।

कारका ड्राइभर रान्चारो भने यस दुर्घटनाबाट बच्न सफल भएका छन् । घोडा कारमा जुधेको समयमा ड्राइभर कार छाडेर भा गे को जनाइएको छ। अमेरिका शासित एक टापू प्युरेटो रिको को आपताकालिन सेवाले दुर्घटना भएको केही समयपछि उक्त घोडाको उद्धार गरेको थियो । घोडामा चोट लागेको जनाइएको थियो ।

यो दुर्घटनाको प्रकृति साह्रै अचम्मको भएको इन्टरनेट प्रयोगकर्ताहरुले सामाजिक सन्जालमा बताएका थिए । घोडा मालिक माचितो स्वीङले कारमा भएको क्षतिको रकम व्यहारेको जनाइएको छ । घोडाको घाउ खर्च भने सामाजिक सन्जाल प्रयोगकर्ताले एक अभियान संचालन गर्दै उठाएका थिए । यो भिडियो यस्तै प्रकृतिको हो, तर यो भिडियो भने भारतको हो ।

Related Articles

Back to top button