News
सिन्धुली जिल्ला अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा देखियो एन्टिबडी पोजेटिभ !
सिन्धुली, ५ जेठ । सिन्धुली जिल्ला अस्पतालमा गरिएको कोरोना भाइरसको -यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा पाँच जनाको एन्टिबडी पोजेटिभ देखिएको छ ।
सिन्धुली जिल्ला अस्पतालमा कार्यरत स्वस्थकर्मीहरुको आरडीटी परीक्षण गर्दा पाँच जनामा एन्टिबडी पोजेटिभ देखिएको सिन्धुली जिल्ला अस्पतालका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिए ।
सोमबार विहान गरिएको आरडीटी परीक्षणमा पाँच जनामा एन्टिबडी पोजेटिभ देखिएको र अन्य स्वास्थ्यकर्मीहरुको परीक्षण भइरहेको जिल्ला अस्पतालका प्रवक्त डा.प्रसन्नराज भण्डारीले जानकारी दिए ।
पीसीआर रिपोर्ट आएपछि मात्रै उनीहरुमा कोरोना संक्रमण भए–नभएको आधिकारिक पुष्टि हुने भण्डारीले बताए । परीक्षण गर्न धेरैको बाँकी रहेको कारण फाइनल डाटा आउन समय लाग्ने पनि भण्डारीले बताए