vada
News

बारामा एक जना पत्रकारमा कोरोना संक्रमण पुष्टि, सम्पर्कका अन्य ब्यक्तिको खोजी गरिदै

समाचार संकलनका क्रममा फिल्डमा हिड्ने पत्रकार कोरोनाको जोखिममा परेका छन् ।बाराको एक स्थानीय रेडियोमा कार्यरत संचारकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।तराईका केही जिल्लामा पत्रकारमा कोरोना पुष्टि भएको हो ।

पछिल्लो समयमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गरेका पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि कोरोना देखिएको छ ।मुलुकका विभिन्न स्थानमा नेपाली सेना र प्रहरीका ९ जना सुरक्षाकर्मीमा अहिले सम्म कोरानो पुष्टि भएको छ ।

पर्साका दुई पत्रकारमा कोरोना देखिएपछि नेपाल पत्रकार महासंघ बारा शाखाको पहलमा बारामा ४३ संचारकर्मीको स्वाब परीक्षणका लागि पठाइएको थियो ।
स्वाब संकलन गरिएकामध्ये एकजनाको पीसीआर पोजिटिभ आएको हो ।

संक्रमित रेडियोकर्मी पुरुषलाई पनि प्रशासनको सहयोगमा कलैयास्थित कोरोना अस्पतालमा पठाउन लागिएको पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्यायले जानकारी दिएका छन् ।

उनीसंगको सम्पर्कमा रहेकाहरुको पनि खोजी थालिएको छ ।योसँगै बारामा संक्रमितको संख्या चार पुगेको छ ।यसअघि जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत एक प्रहरी जवानसहित जीतपुरसिमरा उपमहानगरपालिकाका २ र बिश्रामपुर गाउपालिकाका १ पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।प्रहरी जवान भने रौतहटका हुन्।

Related Articles

Back to top button
Close